अब सरकारको गियर परिर्वतन हुन्छ : पुष्पकमल दाहाल

१९ कात्तिक ७५, सोमबार
Share this
708shares

विराटनगर,कार्तिक १९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम कार्वाहीलाई थप तिव्रता दिन अब सरकारको गियर परिर्वतन हुने बताएका छन् । विराटनगर विमानस्थलमा सामेबार स्थानीय सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष दाहालले सरकार अब एक नंम्वर गियरमा दौड्ने दाबी गरेका हुन ।

Advertisement

उनले ‘हिलो मैलोको समय सकिएपछि सवारी धनीले गाडीको गियर परिवर्तन गरी एक नंम्वर गियरमा चलाए जस्तै सरकारको गियरपनि एक नम्वरमा अब चलाइने दाबी गरे । अध्यक्ष दाहालले बर्तमान सरकारको तत्काल पुर्नगठनको सम्भावना भने नरहेको बताए ।

Advertisement

उनले बर्तमान सरकार पुर्नगठनको अबस्था अहिले नै नआएको पनि प्रष्ट पारे । अध्यक्ष दाहालले सरकार गठन भएको एक बर्ष मात्र पुगेको र सरकारले आफनो घोषणापत्र अनुुसार काम गरिरहेकाले सरकार पुर्नगठनको आवश्यकता अहिलेनै नरहेको दाबी गरे ।

एक अर्को प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकताको बिषय सोचे अनुरुप केही ढिला भएको बताए । उनले केन्द्रमा बिवाद भएका कारण भने पार्टी एकतामा ढिला नभएको प्रष्ट पारे । उनले भने भोलि आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिला हुन पु्गेको हो ।

Advertisement

दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको पनि टिप्पणी गरेका छन । नेकपाको मोरङले शुभ दिपावलीको अवसरका आयोजित चियापान समारोहमा अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल विराटनगर आएका हुन । दाहाले सोमवार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेकपा मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top