जाडोमा के गर्ने, के नगर्ने ?

२५ कात्तिक ७५, सोमबार

एजेन्सी, कात्तिक २५

जाडो महिना लाग्दै जाँदा हामीलाई चिसो अनुभव हुन थालेको छ । जब–जब जाडो बढ्दै जान्छ, शरीरले न्यानो, बाग्लो लुगा खोज्न थाल्छ ।

जाडोसँग सन्तुलन मिलाउनका लागि न्यानो लुगा लगाउनैपर्छ । तर, यतिले मात्र समस्याको हल हुँदैन, जाडोले अरु पनि केही चुनौती एवं समस्या थपेर आउँछ ।

Advertisement

जाडोको समस्या

जाडोमा स्वास्थ्य सम्बन्धी समस्या बढ्छ, सौन्दर्य सम्बन्धी समस्या बढ्छ । मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।

Advertisement

त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ ।

जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ ।

त्यसबाहेक हाटखुट्टा, ओंठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।

के गर्ने ?

प्राकृतिक न्यानोपनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुन्छ । यसका लागि हिँडडुल गरिरहने, व्यायाम गर्ने वा शारीरिक श्रममा जोड दिने गर्नुपर्छ । शारीरिक श्रम गर्दा सबै अंग प्रत्यांग सक्रिय हुन्छ । रक्तप्रवाह सुचारु हुन्छ । शरीर स्वतः न्यानो हुन्छ ।

तात्तातो खानेकुरा खासगरी झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । मौसमी फलफूल खानुपर्छ । यसबेला मौसम सुख्ख हुने भएकाले शरीरमा पानीको अभाव हुन्छ, त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।

हिटर होस् वा कोइला बालेर ताप्दा, धेरै लामो समय बस्नु हुँदैन । साथै धेरै नजिक पनि बस्नु उपयुक्त हुँदैन । राती सुत्नेबेला कतिले कोइला बालेर कोठा न्यानो बनाउने प्रयास गर्छन् । यो पनि राम्रो तरिका होइन । अझ झ्यालढोका थुनेर कोइला बाल्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । त्यसैले यस्ता कुरामा सर्तक हुनुपर्छ ।

के नगर्ने ?

मौसमी तापमान घट्दै गएपछि हामीले आफ्नो शरीरको तापमानलाई भने सन्तुलित राख्नुपर्छ । यसका लागि न्यानो कपडा नै उपयुक्त हुन्छ । तर, शरीरलाई न्यानो कपडाले ढाक्दैमा शरीर तातो हुन्छ भन्ने होइन ।

जाडो भगाउने वाहनामा धेरैले मदिरापान गर्छन् । चुरोट सेवन गर्छन् । मदिरापान गर्दा, चुरोट पिउँदा न्यानो हुन्छ भन्ने कतिलाई भ्रम छ । कतिले चिया, कफी खाएर पनि जाडो भगाउने मेलोमेसो गर्छन् । तर, यसले शरीर न्यानो हुने होइन । बरु थप रोग निम्त्याउँछ ।

जाडोमा हामी हिटर ताप्छौं । कोइला बालेर ताप्छौं । अँगेनामा आगो ताप्छौं । बेलाबखत यसरी शरीरलाई तताउन ठिक हुन्छ । तर, जाडो कटाउनका लागि यसको प्रयोगलाई जोड दिनु राम्रो हुँदैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

सम्बन्धित समाचार

Scroll to Top