१८ बाणिज्य बैंकले ३ महिनामै कमाए ८ अर्ब २४ करोड नाफा

२८ कात्तिक ७५, बिहीबार

काठमाडौं ,कात्तिक २९

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा करिब ३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा उक्त आकार ५ अर्ब ९४ करोड थियो ।

प्रकाशित वित्तीय विवरणहरुमध्ये सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । बैंकले १ अर्ब ५ करोड नाफा गर्दै ३ महिनामै अर्ब भन्दा बढी कमाउने नेपालको पहिलो बैंक बनेको छ । त्यस्तै जनता बैंकले २९४ प्रतिशत नाफा बढाएर सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक बनेको छ ।

Advertisement

उक्त अवधिमा नाफाको आकार घटाउने बैंक भने एभरेष्ट मात्र रहेको छ । उसको नाफो अघिल्लो वर्ष भन्दा ४ करोडले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको भने निक्षेप नै घटेको देखिएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

सम्बन्धित समाचार

Scroll to Top