विराटनगर,मंसिर २
नेपाली कांग्रेसको राजनीतिमा विशेष प्रभाव राख्ने तिन कोइरालाले कांग्रेसको गुमेको शाख फर्काएर छाडने उद्घोष गरेका छन् । विपी पुत्र शंशाक कोइराला,नोना कोइराला पुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोयइराल पुत्री सुजता कोइरालाले विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा एउटै मंचबाट काग्रेसको गुमेको शाखलाई फर्काउने प्रतिवद्धता जनाएका हुन् ।
गिरीजाप्रसाद कोइराला फाउन्डेशन प्रदेश नं एकको कार्यालय उद्घाटन पछि आयोजित कार्यक्रममा कोइरालाहरु एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका हुन् ।
जिपी फाउन्डेशन प्रदेश न .१ समीतिले तिन कोइरालाई एक मंचमा उभ्याएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस बिपी र गिरीजाप्रसाद कोईरालाकै बाटोमा अगाडि बढ्ने बताए । उनले कोइरालाहरु एक भएरै कांग्रेसलाई अगाडि बढाउने बताए । शशांकले कोइरालाहरुको एकता सधै रहिरहने पनि बताए ।
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले कांग्रेसलाई शसक्त बनाउन कोइरालाहरु एक ठाँउमा उभिएको बताए । नेता शेखरले कांग्रेसको भुमिका प्रतिपक्षीका रुपमा प्रभावकारी बनाउन कोइरालाहरुको भूमिका बढाउन कांग्रेस असफल भएको बताए ।
अर्काे प्रशंगमा नेता शेखरले सरकारले न्यायपालिका ध्वस्त बनाएको आरोप लगाउदै संञ्चारमाध्याममा प्रतिवन्ध लगाउने काम गरेको भन्दै बिरोध गरे ।
जिपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको समाजबाद,राष्ट्रियता र एकताको भावना कायम गरी सम्बृद्ध नेपाल निर्माणमा सहयोग गर्न कोइरालाहरुको एकता भएको बताईन ।
कार्यक्रममा विभिन्न जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रमा तिन कोइरालालाई एकताको प्रतिकको रुपमा आयोजकले माला लगाई दिएको थियो ।