एक्जिएटाले ३५ अर्ब रुपैयाँ लाभांश लग्यो, अर्थतन्त्रमा गम्भीर झड्का

२ मंसिर ७५, सोमबार

काठमाडौं,मंसिर ३
एनसेल प्रालिको मुख्य लगानीकर्ता एक्जिएटाले ३५ अर्ब लाभांश लगेको छ । करिब ८ महिनाको अवधिमा एक्जियताले लाभांश बापत करिब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेपछि नेपालको अर्थतन्त्रमा गम्भीर झड्का परेको छ ।

एनसेलको प्रवद्र्धकले तीन पटक गरी करिब ३५ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सटही गरी विदेश लगेको राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकले १२ अर्ब, १५ अर्ब र ८ अर्ब रुपैयाँ गरी तीन पटकमा करिब ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही गरिदिएको हो् ।

१० करोड रुपैयाँ सेयर पुँजी भएको एनसेलमा एक्जिएटाको ८ करोड रुपैयाँ ९८( प्रतिशत) सेयर पुँजी छ । एनसेलमा एक्जिएटा प्रवेश गरेपछि मात्रै ४४ अर्ब रुपैयाँ लाभांश लगिसकेको छ ।एक्जिआटाले दुई वर्षअघि मात्रै ९ अर्ब रुपैयाँ लाभांश लगेको थियो ।

Advertisement

करिब ६० अर्ब कर बक्यौता भएको कम्पनीलाई लाभांश दिन उद्योग विभाग र राष्ट्र बैंकले सहमति दिएपछि चौतर्फी विरोध भएपछि राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले लाभांश लैजान रोकेको थियो । राष्ट्र बैंकले २०७४ असार २६ गते कर दायित्व पूरा नगर्ने कम्पनीलाई लाभांश बापतको सटही सुविधा नदिने निर्णय लिएको थियो ।

तर, एनसेलले लाभांश लैजाना पाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा मुद्दा हाल्यो । २०७४ पुसमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एक्जिएटालाई लाभांश विदेश लैजान अन्तरिम आदेश जारी गरेका थिए । सोही आधारमा राष्ट्र बैंकले लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकमा अधिकारीहरुले बताए ।

Advertisement

‘कानुन अनुसार राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई प्रक्रिया पुरा गरी लाभांश लैजान मुद्रा सटही दिनैपर्छ । सर्वोच्च अदालतले पनि लाभांश नरोक्नु भनेको छ । अर्थमन्त्रालयले पनि कर बक्यौता बाँकी रहेको कम्पनीलाई लाभांश रोक्न निर्देशन दिएको छैन, हामीले रोक्ने आधार छैन’ राष्ट्र बैंकका अधिकारीहरुले भनाई छ ।

एक्जियटालाई लाभांश सटही सुविधा दिँदा राष्ट्र बैंकको विदेशी मुद्रा सञ्चितिमा गम्भीर समस्या आएको छ । ‘हामीले गाडी खरिदकर्तालाई ५० प्रतिशतभन्दा बढी कर्जा नदिन निर्देशन दिनुपर्यो । विदेशी जाने नेपालीले पाउने डलर सुविधा कटौती गर्नुपर्यो । आयातलाई नियन्त्रण गर्ने विकल्पमा जानुपर्यो’, एक उच्च अधिकारीले भने ।( विकास न्यूजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top