काठमाडौँ, मंसिर ४
चलचित्र ‘जात्रै जात्रा’को सुटिङ गर्न सुटिङ स्थल तर्फ जाँदै गर्दा अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । मङ्गलवार बिहान सुटिङ स्थल कोटेश्वरबाट बालाजु जानेक्रममा कालिमाटीमा विपिनको दुर्घटना भएको हो ।
आफू चढेको मोटरसाइकललाई अर्को मोटरसाइकललाई ठक्कर दिएको हो । विपिनको मोटरसाइकललाई ठक्कर दिने अर्को मोटरसाइकल भने फरार भएको छ ।
जात्रै जात्रा निर्माण पक्षको अनुसार विपिनको खुट्टामा गम्भीर चोट लागेको छ । हाल विपिनको बल्खु स्थित बयोधा हस्पिटलको आइसीउमा उपचार भइरहेको छ ।
उनको खुट्टाको अपरेसन गर्नु पर्ने जनाईएको छ । विपिनको दुर्घटना परेसँगै जात्रै जात्राको छायाङ्कन स्थगित गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।









