१२ वर्षीया गर्भवतीलार्इ प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

५ मंसिर ७५, बुधबार
Share this
645shares

हेटौंडा: १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

Advertisement

प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top