बार्षिकोत्सवको अवसर गरिमा विकास बैंकको रक्तदान कार्यक्रम

बार्षिकोत्सवको अवसर गरिमा विकास बैंकको रक्तदान कार्यक्रम

विराटनगर,मंसिर ७
विराटनगरस्थित गरिमा विकास बैंकले रक्तदान कार्यक्रम गरेको छ । सो बैंकले आफ्नो १२ औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

धरानरोडस्थित बैंक परिसरमा आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेको बैंकका शाखा प्रबन्धक रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटीका प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी सहित सर्वसाधारणले रक्तदान गरे ।

बार्षिकोत्सवको अवसरमा अन्य शाखाहरुमा समेत रक्तदान गरिएको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.