विराटनगर,मंसिर ८
विराटनगर जेसीजको वर्ष २०१९ को अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् ।
विराटनगरका विभिन्न विद्यालयको प्रिन्सीपल तथा संचालक रहेका बजगाई शुक्रबार सम्पन्न विराटनगर जेसीजको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी तालिम निर्देशकमा तुलसी निरौला, कार्यकारीणी उपाध्यक्षमा विकास रौनियार र राजेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा अभिनास थापा, जीवन निरौला, विज्ञान बस्नेत तथा केशब बस्नेत निर्विरोध निर्वाचित भएको तथा जनसम्पर्क अधिकारीको रुपमा मनिप ओझा निर्वाचित भएको निर्वाचन आयुक्त श्याम सुन्दर पौडेलले जानकारी दिए ।
सो कार्यक्रमको सभापति वर्ष २०१८ को अध्यक्ष राजेन्द्र थपलिया रहेका थिए।