कार्यालय प्रमुखकै संलग्नतामा ट्याङ्करको ताला खोलेर डिजेल चोरी !

कार्यालय प्रमुखकै संलग्नतामा ट्याङ्करको ताला खोलेर डिजेल चोरी !

विराटनगर : भारतीय आयल कर्पोरेसनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिल लगाएर ल्याईएको ट्यांकरबाट करीब २ हजार ५ सय लिटर डिजेल चोरिएको छ ।

इन्धन भर्ने र खन्याउने दुई स्थानमा मात्र रहने अत्याधुनिक लकिङ प्रणालीको ताला कसरी खोलियो र डिजेल चारी भयो भन्ने कुरा रहस्य बनेको छ ।

ट्यांकरबाट इन्धन चोरिने घटना नरोकिएपछि नेपाल आयल निगमकै सक्रियतामा कतैपनि खोल्न नमिल्ने गरी प्रत्येक ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरिएको थियो ।

उक्त सिस्टममा रहने ताला खोल्नका लागि चाहिने दुईवटा चाबी मध्ये एउटा चाबी भारतीय आयल कर्पोरेशनको बरौनी डिपोमै र अर्को भने विराटनगर आयल निगम प्रदेश कार्यालयका प्रमुख दिनेश कुमार यादबको निगरानीमा रहँदै आएको थियो ।

तर यादवकै संलग्नतामा ढुवानी कर्तालाई गोप्यरुपमा चाबी दिएर डिजेल चोरी गराईएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.