एजेन्सी, मंसिर ११
लगातार सुपरहिट फिल्म दिएका बलिउड सुुपरस्टार आमिर खान पछिल्लो फिल्मबाट असफल भएका छन् ।पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ बक्सअफिसमा असफल मात्र भएन दर्शक र समीक्षकले पनि यो फिल्म रुचाएनन् ।
फिल्मको असफलतापछि मौन बसेका आमिरले त्यसबारे अन्ततः आफ्नो मुख खोलेका छन् । उनले ‘ठग्स अफ हिन्दोस्तान’ को असफलताको पूरै जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
‘सिनेस्तान इन्डियाज स्टोरीटेलर्स कन्टेस्ट’को अवार्ड समारोहमा उनले भने, ‘फिल्म को असफलताको पूरै जिम्मेवारी को असफलताको पूरै जिम्मेवारी म लिन्छु । राम्रो गर्न कुनै कसर बाँकी राखेका थिएनौं तर, कहीं न कहीं हामी गलत चल्यौं । केही व्यक्ति छन्, जलाई फिल्म मन परेको छ र उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं तर त्यो निकै माइनोरिटीमा छ । धेरैलाई हाम्रो फिल्म मन परेन र यो कुराको हामीलाई महशुस छ ।’
आमिर भन्छन्,‘दर्शक जुन अपेक्षाका साथ फिल्म हेर्न गएका थिए, म उहाँहरु सबैसँग माफी माग्न चाहन्छु कि यसपटक मैले इन्टरटेन गर्न सकिनँ ।’उनले घरेलु बजारमा फिल्म असफल भए पनि अर्को वर्ष चीनमा रिलिज हुने बताएका छन् । उनले अरु फिल्ममा अझ मेहनेत गर्ने बताए । उनी अब हतारमा निर्णय नलिने सोचमा छन् ।









