‘ठग्स अफ हिन्दोस्तान’ बारे माफी माग्दै आमिरले भने, ‘असफलताको पूरै जिम्मेवारी म लिन्छु’

११ मंसिर ७५, मंगलबार
Share this
711shares

एजेन्सी, मंसिर ११
लगातार सुपरहिट फिल्म दिएका बलिउड सुुपरस्टार आमिर खान पछिल्लो फिल्मबाट असफल भएका छन् ।पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ बक्सअफिसमा असफल मात्र भएन दर्शक र समीक्षकले पनि यो फिल्म रुचाएनन् ।

Advertisement

फिल्मको असफलतापछि मौन बसेका आमिरले त्यसबारे अन्ततः आफ्नो मुख खोलेका छन् । उनले ‘ठग्स अफ हिन्दोस्तान’ को असफलताको पूरै जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

‘सिनेस्तान इन्डियाज स्टोरीटेलर्स कन्टेस्ट’को अवार्ड समारोहमा उनले भने, ‘फिल्म को असफलताको पूरै जिम्मेवारी को असफलताको पूरै जिम्मेवारी म लिन्छु । राम्रो गर्न कुनै कसर बाँकी राखेका थिएनौं तर, कहीं न कहीं हामी गलत चल्यौं । केही व्यक्ति छन्, जलाई फिल्म मन परेको छ र उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं तर त्यो निकै माइनोरिटीमा छ । धेरैलाई हाम्रो फिल्म मन परेन र यो कुराको हामीलाई महशुस छ ।’

Advertisement

आमिर भन्छन्,‘दर्शक जुन अपेक्षाका साथ फिल्म हेर्न गएका थिए, म उहाँहरु सबैसँग माफी माग्न चाहन्छु कि यसपटक मैले इन्टरटेन गर्न सकिनँ ।’उनले घरेलु बजारमा फिल्म असफल भए पनि अर्को वर्ष चीनमा रिलिज हुने बताएका छन् । उनले अरु फिल्ममा अझ मेहनेत गर्ने बताए । उनी अब हतारमा निर्णय नलिने सोचमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top