माथिल्लो मर्स्याङ्दी-२ को सेयर बिक्री छानविन गर्न उपसमिति गठन, अर्थमन्त्रालयले पनि छानविन गर्ने

११ मंसिर ७५, मंगलबार

काठमाडौं, मंसिर ११
अर्थसमितिले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी(२ जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

Advertisement

मंगलबार बसेको अर्थसमितिको बैठकले सो जलविद्युत आयोजना निर्माणको लाईसेन्स पाएको हिमताल हाइड्रोपावर कम्पनी प्रालिको सेयर खरिद बिक्री बारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, अर्थमन्त्रालयले पनि सो खरिद बिक्रीमा कायम गरेको मूल्य यर्थाथ हो वा होइन बारे छुट्टै अध्ययन गर्ने भएको छ । बैठकमा उपस्थित राजस्व सचिव शिशिर ढुङ्गानाले सो खरिद बिक्री बारे मन्त्रालयले छानविन गर्ने बताए ।

Advertisement

भारतीय जिएम आर कम्पनीले चिनिया कम्पनीलाई हिमताल हाइड्रोपावर कम्पनी बेचेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top