१ रुपैंया निर्यात गर्दा नेपालकाे १६.५ रुपैंया अायात, पेट्राेलियम पदार्थ मात्र ६९ अर्बकाे खपत

१३ मंसिर ७५, शुक्रबार

काठमाडौँ,मंसिर १३

अार्थिक वर्षकाे पहिलाे चाैमासमा नेपालकाे व्यापारघाटा ४०‍‍.२९ प्रतिशतले बढेकाे छ । अघिल्लाे अार्थिक वर्षकाे साेही समयमा ३ खर्ब २३ अर्ब ९४ कराेड ६३ लाख १७ हजार रुपैंया खुद नाफा रहेकाेमा याे वर्ष उक्त अाकार ४ खर्ब ५४ अर्ब ४७ कराेड २२ लाख २३ हजार पुगेकाे छ ।

याे अार्थिक वर्षमा कुल निकासी १०‍.७ प्रतिशतले बढेर २९ अर्ब २८ अर्ब १५ कराेड ७९ लाख पुग्दा पैठारी ३८.१ प्रतिशतले वृद्धि भर्इ ४ खर्ब ८३ अर्ब ७५ कराेड ३८ लाख २२ हजार रुपैंया पुगेकाे छ । याे तथ्याङ्क अनुसार नेपालकाे निर्यात अायात अनुपात १६.५ गुणा हुन अाउँछ ।

Advertisement

नेपालबाट निर्यात हुने वस्तुहरुमा यार्न, उनी गलैंचा, तयारी पाेशाक, फलाम, जुस, चिया, कपडा, पश्मिना सल, अलैंची, जुट लगायत छन् । नेपालबाट सबैभन्दा बढी यार्न निर्यात हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ, यसकाे हिस्सा १० प्रतिशत छ ।

त्यस्तै कुल अायातकाे १४‍.३ प्रतिशत पेट्राेलियम पदार्थ अायात भएकाे हुँदा यसकाे अाकार करिब ६९ अर्ब ७ कराेड पुगेकाे छ । त्यस्तै फलाम १२ प्रतिशत, मेसिनरी तथा पार्टस् ७‍.७ प्रतिशत, यातायात र त्यसका पार्टसहरु ७.७ प्रतिशत, हवार्इजहाज तथा पार्टसहरु ३‍.८ प्रतिशत, अन्न ३.१ प्रतिशत, तयारी पाेशाक २.९ प्रतिशत, सुन २‍.९ प्रतिशत, अाैषधी २.१ प्रतिशत र अन्य २६.१ प्रतिशत हिस्सा अायात भएकाे छ ।

Advertisement

नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि निर्यात हुने गरेकाे छ ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top