×

NEPAL TIMES UPDATES

Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026

आरोलो लागे बीमा कम्पनीका शेयर

१४ मंसिर २०७५

काठमाडौँ,मंसिर १४

शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो ।

Advertisement

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै रु ५०० माथि रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु ९१६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६२७ मा कारोवार भएको छ । एशियन लाइफ इन्स्यारेन्सको रु ४९६ मा कारोवार भएको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार रु ५९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर रु ४०४ मा कारोवार भएको छ ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु ४४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ । निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको रु ७०६ मा कारोवार भएको छ ।

गत वर्ष मङ्सिर दोस्रो साता रु एक हजार २६१ का कारोवार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो । निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता रु ५८५ मा कारोवार भएको थियो । गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता रु एक हजार ११५ मा कारोवार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो ।

गत वर्षको मङ्सिरमा रु एक हजार ७७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर रु ७९५ मूल्यमा खरिद बिक्री भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ । गत वर्षको मङ्सिरमा रु एक हजार ४५५ मा कारोवार भएको सो कम्पनीको शेयर बिहीबार भने रु एक हजार २५० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता रु नौ हजार १७० मा कारोवार भएको छ । गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता रु १५ हजार १९८ मा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

बिहीबारको कारोवारका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स रु ६१८, प्रिमियर इन्स्यारेन्स रु ९१५, प्रभु इन्स्योरेन्स लिमिटेड रु ४०६, एनएलजी इन्स्यारेन्स रु ७९५, नेपाल इन्स्यारेन्स कम्पनी रु ५०१, नेको इन्स्यारेन्स कम्पनी रु ४५५, लुम्बिनी जनरल इन्स्यारेन्स रु ४६९, आइएमई जनरल इन्स्योरेन्स रु ३७०, हिमालयन जनरल इन्स्यारेन्स रु ३७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर रु ७७५ मूल्यमा खरिद बिक्री भएका छन् ।रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top