‘क्याप्टेन’को पोस्टरमा यस्तो देखिए अनमोल

‘क्याप्टेन’को पोस्टरमा यस्तो देखिए अनमोल

काठमाडौँ,मंसिर २४
नेपाली चलचित्र ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म सो फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो । नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् भने अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् ।

उनको साथमा अभिनेता द्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर्ड छन् । दुवै पोस्टरमा अनमोललाई एंग्री लुक्समा देख्न सकिन्छ । लेखक तथा निर्देशक दीवाकर भट्टराई रहेको यस फिल्मको फिल्मको बिहीवार पहिलो गीत सार्वजनिक हुँदैछ ।

निर्माण टिमले न यसअघि न अहिले, लिड दुई अभिनेत्रीलाई पोस्टरमा स्थान दिएको छैन । फिल्मको थिम अनुसार पोस्टर तयार पारिएका कारण अभिनेत्रीलाई समेट्न नसकिएको निर्देशक भट्टराई बताउँछन् । फागुन १७ गते रिलिज हुने ‘क्याप्टेन’ ले गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथो बोल्छ ।

यसमा अनमोल, इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहेका छन् भने क्यामेरामेनमा नवराज उप्रेती छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.