×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको नेपाल बजार बन्द हुने हल्ला, ग्राहकलाई भारी छुट दिएर स्टक बिक्री गर्दै(भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७५

विराटनगर,मंसिर २४
नेपालकै सस्तो बजार नेपाल बजार भन्ने मुल नाराका साथ करिब ८ वर्ष अघि खुलेको विराटनगरको पहिलो डिपार्टमेन्ट स्टोर नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ ।

विराटनगरको प्रतिष्ठित तथा पहिलो सुपर मार्केट ‘नेपाल बजार’ नयाँ खुलेका सपिङ महलहरुसँग प्रतिस्पर्धा गर्न नसकेका कारण बन्द हुने अवस्थामा पुगेको हो । हाल विराटनगरमा एक पछि अर्को सपिङ महल खुल्दै जाँदा ग्राहकको मन अन्तै मोडिन थालेपछि विराटनगर महेन्द्र चौकमा विगत ८ वर्षदेखि सञ्चालनमा रहेको नेपाल बजार बन्द हुने अवस्थामा पुगेको हो ।

Advertisement

बन्द गर्ने अवस्थामा पुगेको सो नेपाल बजारले केही दिन यता एक्कासि भारी छुट दिएर बाँकी स्टकहरु बेच्न थालेपछी ग्राहकहरुको भिड लागेको छ । नेपाल बजारले अहिले खाद्यान्न सामाग्रीबाहेक अन्य समाग्रीमा ४० प्रतिशत सम्म छुट दिएपछि बिहिबार नेपाल बजारमा थामी नसक्नुको भिड लागेको थियो ।

नेपाल बजारमा सामाग्री किन्न आएका मोहम्मद जिब्रीलले नेपाल बजार बिक्री हुने हल्ला चलेको र स्टक सकाउन ५० प्रतिशत छुट दिएको सुनेर समान किन्न आएको बताए ।

२०६७ साल भदौ ७ गतेबाट सञ्चालनमा आएको नेपाल बजार एक समय निकै राम्रोसँग चलेको थियो तर अहिले आएर यसका अन्य ४ शाखाहरु समेत बन्द भईसकेको अवस्था छ । टंकीसिनवारी,कञ्चनबारी,पुष्पलाल चौक र तीनपैनीमा सञ्चालनमा आएका नेपाल बजारका शाखाहरु यसअघि नै बन्द भईसकेका छन् ।

 

बजारमा नयाँ सुपरमार्केट खुलेपछि घाटामा लागेकोले यहाँका कर्मचारी पनि कटौती गरिएको छ । बजारमा बिक्रीको हल्ला चलिरहेका बेला नेपाल बजारका म्यानेजिङ डायरेक्टर कविन श्रेष्ठले भारी छुट दिएर सम्पूर्ण सामानहरु सकभर बेच्ने आफुहरुको योजना रहेको र भबिष्यमा नचलेको खण्डमा बेच्न पनि सकिने बताए । उनले छुटको कुरा सुनाएपछि ग्राहकहरु बढ्ने अपेक्षाका साथ भारी छुट दिएको पनि प्रष्ट पारे ।

Advertisement

नेपाल बजारले र्गामेन्टस्, फुटवेयर, भाँडाकुँडा, ईलेक्ट्रोनिक्सलगायतका सामानमा एकाएक ४० प्रतिशत छुट दिएको छ । कुनैवेला राम्रो ब्यापार गरेको नेपाल बजार साँच्चै बन्द हुने अवस्थामा पुग्नु सुखद होइन ।यसले नयाँ खुल्ने क्रममा रहेका सपिङ मलहरुलाई समेत निरुत्साहित पार्ने कुरामा दुईमत छैन ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top