मोरङ, मंसिर २४
मोरङको बिराटनगर महानगरपालिका–१५ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी १ लाख ३ हजार ५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेकोे किराना सामान, लत्ताकपडा र गहुँको बिउ बरामद गरेको थियो ।
बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।