मानवअधिकार दिवसको अवसरमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

२४ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर २५
अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सोमबार विराटनगरमा दुईजना मानवअधिकारकर्मीहरुलाई सम्मान गरिएको छ । ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर लामो समयदेखि मानवअधिकारका क्षेत्रमा काम गर्ने इन्सेक पूर्वाञ्चलका संयोजक सोमराज थापा र बाल समाज विराटनगरकी अध्यक्ष सीता पौडेललाई सम्मान गरिएको हो ।

Advertisement

 

Advertisement

उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश नम्बर १ राष्ट्रिय आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । मानवअधिकार संजालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जीवन घिमिरेले मानवअधिकार प्रत्याभुत र संरक्षण गर्न प्रदेश सरकार लागिपरेको बताए ।

Advertisement

कार्यक्रममा योजना आयोग प्रदेश १ का उपाध्यक्ष सुवोधराज प्याकुरेलले नेपालको संविधान उत्कृष्ट बनेको भन्दै संविधानले मानव अधिकार ग्यारेन्टी गरेको बताए । अहिले पनि कर्मचारीतन्त्रको कारण सोचे अनुसार काम हुन नसकेको उनले बताए । उनले विकासका लागि मात्रै नभई मानवअधिकार संरक्षण र सम्बद्र्धन गर्न स्थानीय तह, प्रदेश सरकार र संघ बीच समन्वय आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा प्रदेश सांसद यशोदा अधिकारी, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय सिंह, विराटनगर महानगरपालिकाका प्रमुख पराजुली लगायतले मानव अधिकारको संरक्षणका लागि सबैले उत्तिकै जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top