रंगेली : मोरङको रंगेली नगरपालिका– ७ का स्थानीयबासीले नयाँ शहर स्थापनाका लागि ६१ विघा जमिन उपलब्ध गराएका छन् ।
सरकारले हुलाकी राजमार्ग अन्तरगत रहेको रंगेली बजारलाई नयाँ सहरका रुपमा विकास गर्ने लक्ष्यसहित नयाँ सहरका लागि जग्गा माग गरेको अवस्थामा स्थानीयले सो जग्गा उपलब्ध गराएका हुन् ।
रंगेली– ७ का वडाअध्यक्ष रामचन्द्र मण्डलमार्फत ६१ विघा जमिनको लालपुर्जापहित निवेदन दर्ता गराएका हुन् ।यसअघि रंगेली नगरपालिका– ६ का स्थानीयबासीले समेत रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यन्त्रै लैजाने चलखेल भएको भन्दै ८५ विघा जमिन उपलब्ध गराएका थिए ।
सरकारले साविकको रंगेली वडा नं ४, ६ र ७ लाई लक्षित गरी नयाँ सहरको योजना ल्याएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।