NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
यसरी रातारात बन्यो देशमा चुनावी माहौल मङ्लबार पुस १५ , २०८२
रवि, बालेन र कुलमानको एकताले कांग्रेस, एमालेमा भूकम्प मङ्लबार पुस १५ , २०८२
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदै

मङ्लबार पुस ११ , २०७४
Reading Time: 1 min read
A A
हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, ११ पुस  ः जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ ।

जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने गरी उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधि तथा ज्ञानका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

LS Auto

प्रदर्शनीमा जलविद्युत् उत्पादनकर्ता, सामान आयात गर्ने संस्था वा निकाय, परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता तथा बैंक र वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रदर्शनीमा नेपाल, चीन, भारत, नर्वे, दक्षिण कोरिया, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ ।

दर्जनौँ विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभवको आदानप्रदानसमेत हुने इपानका उपाध्यक्ष कुमार पाण्डे बताउनुहुन्छ ।

नेपाल सरकारले आगामी दश वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा ठूलो लगानीको आवश्यकता पर्ने भएकाले बैंक तथा वित्तिय संस्थालाई पनि यथार्थ जानकारी दिएर लगानीका लागि अभिप्रेरित गर्न खोजिएको आयोजकले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच तीन हजार ५०० मेगावाट क्षमताका आयोजनाबीच विद्युत् खरिद सम्झौता भइसकेको छ । ती आयोजना हाल निर्माणको चरणमा छन् । यस्तै सरकारी लगानीका करिब पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।

स्वदेशी लगानीमा विद्युत् उत्पादनलाई गति दिन जरुरी रहेको भन्दै इपानले सरकारसँग मिलेर प्रदर्शनीको आयोजना गरेको इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट बताउनुहुन्छ । प्रदर्शनीलाई राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर कन्ट्राक्टर्सले सहयोग गरेको छ । तीन दीनसम्म चल्ने प्रदर्शनीको ५० हजार बढी नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालमा उत्पादन भएको विद्युत् भारत, चीन र बंगलादेशसम्म व्यापार गर्ने लक्ष्य राखिएको सन्दर्भमा बजारको खोजी तथा विस्तारलाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ ।

प्रविधिमा आएका विकाससँगै जलविद्युत् आयोजनाको महत्वपूर्ण कार्यका रुपमा लिइने सुरुङ निर्माणमा टनेल बोरिङ मेसिन(टिबिएम)को प्रयोगका सम्बन्म्धमा समेत प्रदर्शनीमा विशेष जानकारी दिइने अध्यक्ष गुरागार्इंले बताउनुभयो । नेपालमा हाल भेरी बबई डाइभर्सन आयोजनामा टिबिएम मेसिनको प्रयोग भएको छ । एक महिनामा उक्त मेसिनले एक किलोमिटर सुरुङ खनिसकेको छ ।

उक्त आयोजनाबाट बर्दियाको करिब ५० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । लामा लामा सुरुङ निर्माणका लागि उक्त टिबिएम मेसिन प्रयोग उपयुक्त हुने देखिन्छ । इपानका केही सदस्यले समेत उक्त मेसिन ल्याउने तयारी गरिरहेका छन् ।
(रासस)

लोकप्रीय

Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२
७० हजार जेनजी मतदाता थपिए

यसरी रातारात बन्यो देशमा चुनावी माहौल

मङ्लबार पुस १५ , २०८२

विचार

Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२
७० हजार जेनजी मतदाता थपिए

यसरी रातारात बन्यो देशमा चुनावी माहौल

मङ्लबार पुस १५ , २०८२

थप समाचार

articles_true fortune casino_2025-12-30

Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२
७० हजार जेनजी मतदाता थपिए
राजनीति

यसरी रातारात बन्यो देशमा चुनावी माहौल

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
समाचार

रवि, बालेन र कुलमानको एकताले कांग्रेस, एमालेमा भूकम्प

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२
७० हजार जेनजी मतदाता थपिए

यसरी रातारात बन्यो देशमा चुनावी माहौल

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.