Nepal Times
Nepal Times
3
Shares

२ नम्बर प्रदेशमा सरकार बनाउने फोरम र राजपाका यस्ता छन् आ–आफ्ना सूत्र

२ नम्बर प्रदेशमा सरकार बनाउने फोरम र राजपाका यस्ता छन् आ–आफ्ना सूत्र

काठमाडौँ । गठनबन्धन बनाएर २ नम्बर प्रदेशमा प्रदेश र प्रतिनिधिसभा चुनाव लडेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दूरी बढ्न थालेको छ ।
दुवै दलले २ नम्वर प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि विभिन्न विकल्पमाथि आन्तरिक छलफल थालेका छन् । अहिले दुवै पार्टी प्रदेशमा समानुपातिकतर्फ संसद छनौटमा पनि लागेका छन् ।

संख्याको हिसावले प्रदेश २ मा फोरम नेपालको ठूलो दल भएको छ । तर, उसँग एकल बहुमत चाहिँ छैन । त्यसैले उसले राजपा नेपालसँग मिलेर संयुक्त सरकारको नेतृत्व गर्ने घोषणा गरिसकेको छ ।

तर, राजपा नेपालले पनि सरकारको नेतृत्व गर्ने दावी छाडेका छैन । राजपामा मुख्य मन्त्रीका दावेदार धेरै छन् । यहीकारण राजपाले प्रदेश सरकारको नेतृत्वमाथि दावी नछाडेको हो ।

राजपा नेपालका नेताहरुले संयुक्त सरकार बन्ने भएपछि मुख्य मन्त्रीमा पनि सहमति बनाउनुपर्ने धारणा राख्दै आएका छन् । राजपाका नेताले यस्तो धारणा राखेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव झस्केका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.