शेयर बजारमा झिनो सुधार

२६ मंसिर ७५, बिहीबार

काठमाडौँ,मंसिर २६

शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन् ।

Advertisement

स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बीमा २३.६४ विन्दुले बढेको छ ।

बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बीमा १०.६९ र लघुवित्त ८.४६ विन्दुले घटेको छ ।  सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।

Advertisement

सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top