काठमाडौँ,मंसिर २७
नेपाली चलचित्र ‘चौका दाउ’ ट्रेलर रिलिज गरिएको छ । बुधवार राजधानीमा एक समारोहबीच सो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई उर्वर्सी बनेकी वर्षा राउतको पछि लागेको रोचक दृष्यहरु देख्न पाईन्छ । साँढे दुई मिनटको ट्रेलरले दर्शकलाई हँसाउँछ ।
चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए । आगामी २७ पुषमा रिलिज हुन लागेको यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।
मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापको, श्याम राईलगायतको अभिनय रहेको छ ।
अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ,निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् ।
सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मको वितरकको रुपमा काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले रहेका छन् ।









