झिसमिसेमै खेत खेतमा ड्रोन, सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग

झिसमिसेमै खेत खेतमा ड्रोन, सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग

विराटनगर : खुल्ला दिसामुक्त अभियान सञ्चालन भईरहेको कटहरी गाउँपालिकामा ड्रोन क्यामराको प्रयोग गरी सार्वजनिक स्थानको निगरानी गरिएको छ ।

शुक्रबार बिहान कटहरी गाउँपालिका– ४ मा ड्रोनको प्रयोग गरी निगरानी गरिएको हो । नेपाल प्रहरीको सहयोगमा प्रयोग गरिएको ड्रोन क्यामरा देखेपछि बिहानै सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग भएको थियो ।

गाउँपालिका लाई पुस ५ गतेभित्र खुलादिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारी अनुरुप अभियान सञ्चालन गरिएको हो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.