×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

पूर्वप्रधानमन्त्री गिरीको निधन, अन्त्येष्टि भोलि

काठमाडौं, पुस ३
राजतन्त्रवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षीय गिरी उपचारका लागि यसअघि १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । गिरी जीवनकालभर राजतन्त्रका पक्षधर रहे ।

Advertisement
Advertisement

यसैबीच, पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै भनेका छन्( पूर्वप्रम गिरीको निधनले आफूलाई दुखित बनाएको छ । यस घडीमा स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिनेछ ।केही वर्षयता हिन्दू धर्म त्याग्दै क्रिस्चियन धर्म अंगालेका गिरीको भोलि विद्युतीय शवदाहगृह अन्त्येष्ठी गरिने बताइएको छ ।

को हुन् गिरी ?
वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरी राजाले शासनसत्ता हातमा लिएका बखत पटक–पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा जननिर्वा्चित संरकारलाई अपदस्त गरी शासनसत्ता हातमा लिन उनै गिरीले तत्कालीन राजा महेन्द्रलाई सहयोग गरेका थिए ।

२०१७ सालमा राजाले जननिर्वा्चित संसद र सरकार भंग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फस्र्ट मिनिस्टर हुँदै मन्त्रिपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि गिरी प्रधानमन्त्री पनि बनाइए । यसअघि, उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्रमन्त्री थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि यिनी पुनः मन्त्रिपरिषदको उपाध्यक्ष बनाइए ।

उनी नेपालमा ‘पञ्चायती व्यवस्थाको जननी’ मानिन्छन् । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् उनी । स्वर्गीय गिरी लामो समयदेखि विदेशमा बस्दै आएका थिए । २०३६ सालमा जनमसंग्रह गर्ने तत्कालीन राजा वीरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंका गएका थिए ।

गिरी ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिँदा मन्त्रिपरिषदको उपाध्यक्ष बन्न नेपाल फर्किएका थिए । २०६२÷६३ को दोस्रो अनआन्दोलनले राजतन्त्र ढालेपछि गिरी नेपालमै थिए । उनी आफ्नो जीवनकालभर अविचलित रुपमा राजतन्त्रको पक्षमा रहे । ‘जीवनको अन्तिमकालसम्म उनी राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकका रुपमा राजसंस्था रहनुपर्छ’ भन्ने मान्यतामा थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ साल असोजमा विघटित प्रतिनिधिसभा ब्युँताउनुअघि २०६३ साल वैशाख ११ गते सात राजनीतिक दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको’ उनले आफूनिकटस्तलाई बताउँदै आएका थिए ।

Advertisement
Advertisement

तत्कालीन राजा ज्ञानेन्द्रका नजिकका सल्लाहकारका रुपमा रहँदै आएका उनी जीवनको अन्तिम कालसम्म पनि लोकतन्त्रको विपक्षमा उभिरहे । ‘लोकतन्त्रले जनतालाई टुहुरो बनायो, कानुन र न्याय व्यवस्था निरीह बनायो’ भन्ने टिप्पणी गर्दै आएका गिरी विभिन्न अन्तर्वार्तामा ‘अब राजा र जनताले देश चलाउनुपर्छ,’ भन्दै आएका थिए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top