तामाकोसीमा लट–२ को बाँकी काम एन्ड्रिजलाई दिइने

७ पुस ७५, आइतबार

काठमाडौं,पुस ८
दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट–२ को बाँकी निर्माण लट–३ मा काम गरिरहेको एन्ड्रिज हाइड्रोलाई दिइने भएको छ । लट–२ (इलेक्ट्रो मेकानिकल) को ठेक्का लिएको भारतीय ठेकेदार टेक्सम्याको रेल एन्ड इन्जिनियरिङले समयमा काम नगरेपछि उपठेक्का गरेर अर्कोलाई दिन लागिएको हो ।

यही ठेकेदारले काम नगर्दा तामाकोसीको विद्युत उत्पादन अवधि लम्बिँदै गएको छ । आयोजना निर्माणको सुरुदेखि नै लट–२ को ठेकेदारले काममा ढिलाई गर्दै आएको छ । सुरुङभित्र लोअर पेनस्टक (तल्लो पेनस्टक) को सबै काम एन्ड्रिजलाई दिने सैद्धान्तिक सहमति भएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘टेक्सम्याकोले पनि बाँकी काम अर्कोलाई दिने विषयमा सहमति जनाइसकेको छ, कसरी कुन दरमा गराउने भन्नेमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसबाट आयोजनालाई थप आर्थिक भार पर्दैन । हामी आगामी पुस २३ गते ९जनवरी ७० भित्र कम्पनी, टेक्सम्याको र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता गरेर अघि बढ्छौं ।’ टेक्सम्याकोले नगरेको काम एन्ड्रिजलाई दिन ठेक्का नै तोड्न नपर्ने पनि श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार ठेक्का सम्झौतामा यससम्बन्धी व्यवस्था छ । एन्ड्रिजले गर्ने कामको भुक्तानी टेक्सम्याकोको ठेक्का रकमबाट कट्टा हुनेछ । लट–२ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट (ठाडो सुरुङ) जडानलगायत काम पर्छ । यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर सुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ । करिब ९७.८ प्रतिशत निर्माण पूरा हुँदा साढे ४३ अर्ब रुपैयाँ खर्च भएको छ ।

सुरुमा ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि भूकम्प, नाकाबन्दी, ब्याज तथा अमेरिकी डलरमा आएको उतारचढावले लागत ब्याजसहित करिब ७० अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ । आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । चौथो लटको यो कामको निर्माणले गति लिएको छ ।(उर्जा खबरबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top