भारत पुगेर कुलमानले गरे सम्झौता नवीकरण

१२ पुस ७४, बिहीबार

काठमाडौं, पुष १३

Advertisement

नेपाल विद्युत प्राधिकरण र भारतकोे विद्युत व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच विद्युत खरिद सम्झौता नवीकरण भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच भारतको नयाँदिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौता नवीकरण भएको हो ।

Advertisement

कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत खरिद सम्झौता नवीकरण भएको बताए । उक्त सम्झौताको नवीकरण आगामी चैत १५ गतेसम्मका लागि हो।

सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो ।

Advertisement

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top