जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

चितवन ,पुस २०

पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् ।

पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।

बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा बोलाउने र जबर्जस्ती गर्नाका साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आर्कषित हुँदै आएको बताएकी प्रहरीले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.