सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न

२७ पुस ७५, शनिबार

विराटनगर, पुस २८
सामुदायिक विकास समाज विराटनगरको २१ औं बार्षिक साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेल,धनपालथान गांउपालिकाका प्रमुख हरीलाल सिंह र प्रमुख प्रशासकिय अधिकृत बाबुराम शर्मा लुइटेललाई सम्मान गरिएको छ ।

सामुदायिक विकास समाजका अध्यक्ष गंगाप्रसाद यादवले उनीहरुलाई दोसल्ला र फुलमालाले सम्मान गरेका थिए । कार्यक्रममा संयोजक पोखरेलले विभिन्न सामाजिक संघसंस्थाको सहयोग बिना सरकारको नयां नेपालको सपना साकार नहुने बताए ।

सो अवसरमा अध्यक्ष यादवले संस्थाले कृषि र पशु सहित प्राकृतिक सम्पदाको संरक्षण सम्बर्धनका साथै ग्रामिणक्षेत्रका जनताको सिप र नेतृत्व विकासका निम्ति काम गर्दै आएको बताए । संस्थाका सचिव विपुलेन्द्र झाले संस्थाले आर्थिक बर्ष २०७४–७५ मा ७२ लाख बराबरको सेवामुलक कार्य सम्पादन गरिएको जानकारी दिए । सो संस्थाले आफ्ना विभिन्न ५ वटा शाखा मार्फत झापा,मोरङ,सुनसरी,धनकुटा र तेह्रथुममा सेवामुलक गतिविधि संचालन गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top