एजेन्सी, पुस २९
थाईल्याण्डमा जारी महिला टी—२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रनमा अविजित रहिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् ।
शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो । नेपालले सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।