मन्त्री–सचिव कुटाकुट : समितिले छानविन थाल्यो

विरेन्द्र रमन

जनकपुर, पुस ३०

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानविन शुरु भएको छ । आईतवार घटना पश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानविन शुरु गरेको हो ।

Advertisement

सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम शुरु गर्ने टोलीका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । उक्त घटना छानबिनका लागि प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समिति संयोजक यादव सोमबार सचिव झासँग घटनाबारे बुझ्न उनी भर्ना भएको जनकपुरको केयर नर्सिङ होम पुगेका थिए ।

मन्त्री यादवले भने ‘जोसुकै भए पनि कारबाही हुन्छ, कुन किसिमको दोष छ, त्यही अनुसार कारबाही हुन्छ ।’ उनले अप्रिय कुरालाई निरुत्साहित गर्दै जानुपर्ने बताए ।‘हामी सत्यतथ्य कुरा ल्याउँछौं हामी चाहन्छौं, हामी सबै अनुशासित भएर यो प्रदेशलाई एउटा गन्तव्यसम्म पु¥याउनुपर्छ’ उनले भने । उनका अनुसार घटनाको छानविन गरी सातदिन भित्र प्रतिवेदन तयार गरेर बुझाइने छ ।

तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव दिपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव हरि फुयाल सदस्य छन् ।आईतबार आफुले भने अनुकुलको एनजिओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने हात र लातले कुटपिट गरेका थिए ।

झाले मन्त्री यादवले कुनै गैरसरकारी संस्थासंग रकम लिएको र आफुले पादर्शीता सहित गैरसरकारी संस्था छनौट गरेको जानकारी दिए । उनले पादर्शीता अपनाए र उनले भनेको गैर सरकारी संस्था नगरेपछि आफुमाथि कुटपिट गरिएको बताए । घटनापछि आक्रोसमा सचिव झाले समेत मन्त्री यादवलाई तथानाम गाली गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top