प्रहरी आवास गृहको शिलन्यास

३० पुस ७५, मंगलबार

विराटनगर , पुस ३०
ईलाका प्रहरी कार्यालय रङगेलीको हाता भित्र निर्माण हुने प्रहरी आवास गृह तथा भान्सा घरको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सोमबार एक कार्यक्रमका बिच शिलन्यास गरेका छन् । नेपाल प्रहरीको नियमित बजेट अन्तरगत २ करोड ११ लाख ८२ हजार ६२५ मा निर्माण सम्पन्न गर्ने गरी ईलाका प्रहरी कार्यालय रङगेली र ईन्जिनियर प्रालि काठमाण्डौ बिच ठेक्का सम्झौता भई प्रहरी भान्सा घर तथा ब्यारेक भवन निर्माण हुन लागेको हो ।

आवास गृहको शिलन्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले सुरक्षित बासस्थानको ब्यबस्था भएसंगै प्रहरीले आम नागरिकलाई दिने सेवा पनि भरपर्दो हुनेमा आफु बिश्वस्त रहेको बताए ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राख्दै आम नागरिकको सेवामा २४ सै घण्टा खटिने प्रहरीको उचित गाँस बासको ब्यबस्था भएमा मात्र उच्च मनोबलका साथ सेवा प्रदान हुने हुँदा प्रहरीको लागि सुबिधा सम्पन्न आवास तथा भान्सा घर निर्माणले स्थानीय स्तरको सुरक्षामा थप टेवा पुग्ने आफुहरुले बिश्वास लिएको बताएका थिए ।

Advertisement

कार्यक्रममा रङगेली नगरपालिका र सुनवर्सी नगरपालिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधीहरु, बुद्धिजिवी, नागरिक समाजका अगुवाहरु, पत्रकार , स्थानीयवासीहरु लगायत ४०० भन्दा बढीको उपस्थीति रहेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top