हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुर्खेत, माघ २
सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यसअघि २६, माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन गएका ठकुरीको विभत्सव हत्या भएको थियो । सोही हत्या अभियोग लागेका युवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा उनी भाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली समेत चलाएको छ । उनको खुट्टामा गोली लागेको प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले जानकारी दिए ।

गिरीलाई उपचारका लागि कोहलपुर टिचिङ अस्पताल लगिएको छ । प्रहरीले घटनामा संलग्न भरत शाहीलाई भने केहीदिन अघि नै सुर्खेतबाट नियन्त्रणमा लिइसकेको छ । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.