विराटनगर, माघ ३
बिराटनगरका सडकमा राखिएका फुटपाथ पसलहरु हटाईएकोे छ ।बुधबार बिराटनगर महानगरपालिका–४ ढाट स्थित सडकमा नै अतिक्रमण गरि राखिएको फुटपथ पसलहरुलाई हटाईएको थियो ।
त्यस्तै बिराटनगर–४ खार्जि चौक स्थित कोशि राजमार्गमा विभिन्न सवारी साधनका चालकहरुलाई भेला जम्मा बनाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव कुमार पोखरेलले ट्राफिक नियम सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिएका थिए ।

त्यसैगरी पथरी शनिश्चरे–१० स्थित पैदलयात्रीलाई भेला जम्मा गरि सडकमा हिड्दा सदैब दायाँ साइट्को प्रयोग गर्नु पर्ने,बाटो क्रस गर्दा जेब्रा क्रस वा सगुरो बाटो प्रयोग, सड्क सुरक्षामा ध्यान दिऔ सधँै ट्राफिक नियम पालना गरौ भनी खुल्ला प्रशिक्षण दिइएको छ भने दुर्घटना घटाऔ मान्छे बचाऔं अभियान अन्तर्गत वेलवारि नगरपालिका–१२ स्थित पुर्ब पश्चिम् लोकमार्गलाई संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको अवस्था ,आरक्षण सिट,सवारि साधनमा भाडा दर लिष्ट भए नभएको चेक गरिएको छ ।