एजेन्सी,माघ ४
बंगलादेश प्रिमियर लिगमा (बिपिएल) अन्तर्गत आज भएको खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ । कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग पराजित भएको हो ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको सहज जितमा कप्तान सकिव अल हसनले ४१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे ।
त्यस्तै आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै २१ बलमान ४ छक्का र २ छौका प्रहार गर्दै ४० रनमा अविजित रहे । सुनिल नारायण २०,रोनी तालुकदार १३ र डार्विश रसोलीले १९ रनको योगदान दिए ।
सिक्सर्सका लागि सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड गर्दिए । पहिलो ओभरमा ३ रन मात्र खर्चिए । सन्दीपले ८ औं ओभरमा ८ रन खर्चिन पुगे । १२ औं ओभरमा भने महँगो सावित भए ।
पहिलो,दोस्रो र चौथो बलमा कप्तान सकिव अल हसनले चौका प्रहार गरेपछि यस ओभरमा १२ रन खर्चे । सन्दीपले अन्य तीन बल भने डट गराएका थिए । १४ औं ओभरमा सन्दीपले ४ रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए । त्यस्तै मोहम्मद इरफान २ र तस्कीन अहमदले १ विकेट लिएपनि जितको लागि प्रयाप्त रहेन ।
सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसे ।
पाँचौ खेलमा रंगपुर राइडर्सवरुद १ विकेट लिए । सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी–२० सिरीजको लागि उतैबाट दुबई जाने छन् ।