×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026
Playing
बालेनविरुद्ध नेकपा निकट सुकुम्बासी,हडतालसम्मको आन्दोलन घोषणा || Nepal Times
Apr 30, 2026
Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026

तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी

तेह्रथुम,माघ ७

संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् ।

Advertisement
Advertisement

विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन् । खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनाल बताउँछन्। यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो ।

टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाहरूले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँसै नासिने अवस्थामा पुगेको छ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ ।

तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीन वटै जिल्लाका वन कार्यालयहरु, सरोकारवाला र स्थानीयवासीको हो । तर, गुराँसे वन फँडानी भएर गुराँस नै मासिने खतरा भइरहँदा समेत तीन वटै डिभिजन वन कार्यालयहरुले प्रभावकारी कदम चाल्न सकेका छैनन् । सामुदायिक वन उपभोक्ता महासङ्घ तेह्रथुमका अध्यक्ष गणेश सेनले गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए ।

टिएमजे क्षेत्रका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि अहिले जनसङ्ख्याको चाप समेत बढ्दो छ । यी क्षेत्रमा फैलिएका विभिन्न बजारहरुमा साना–ठूला गरी १०० भन्दा बढी होटल तथा पसलहरु खुलेका छन् । टिएमजे क्षेत्रको रेखदेख गर्ने जिम्मा सरकारीस्तरबाट यी तीनवटै जिल्लाका वन कार्यालयले पाएका भए पनि संरक्षणको प्रयास प्रभावकारी हुन सकेको छैन । टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीयस्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो तर, समिति पनि अहिले निष्क्रिय छ ।

‘सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो,’ समितिका संयोजक तथा प्रदेश सांसद लक्ष्मण तिवारी भने– ‘ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीय बासिन्दालाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ । तिनका लागि पकाइने खानाका लागि इन्धनको प्रमुख स्रोत दाउरा नै हो । बाह्रै महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ । माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ ।

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करीब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ ।

गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ । यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ ।

यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठूला वस्तीहरु रहेका छन् । संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन् । सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन् ।

यो क्षेत्रमा १८ हजार ७८३ घरधुरीमा १ लाख ३ हजार ४६५ जना मानिस बस्ने गरेका डिभिजन वन कार्यालय तेह्रथुमको तथ्याङ्क छ । संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर रहेको छ । विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति यहाँ पाइन्छन् । ती मध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलको रुपमा मान्यता दिएको हो ।

टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन् । तर ती जडीबुटीको संरक्षण र संबद्र्धन हुन पाएको छैन । वनमा उत्पादन हुने यी जडीबुटी कसले टिप्छ ? कसले, कहिले, कता लैजान्छ ? थाहा नै नपाइने गरेको गुफाबजारका व्यवसायी खनालले बताए । ‘वन कार्यालयहरुले यसतर्फ ध्यान दिएका छैनन्, मूल्यवान् जडीबुटीहरु चाहीँ कसले टिप्छ थाहै हुन्नँ,’ उनले भने ।

अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ । बाँकी जडीबुटीहरुको खेतीको सम्भावना भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन् । तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन् ।

टिएमजेका सिमसार र पहाडलाई मुहान बनाएर यी जिल्लाका लम्बु, पिंगुवा, खोरुंगा, ताङमाया, कोया, सोबुवा, नेरुवा, मैवा, सभा, हेवा, पिलुवालगायतका खोलाहरु बगिरहेका छन् । यो क्षेत्रको संरक्षण गर्न ६९ वटा सामुदायिक वन समूहहरु क्रियाशील छन् ।
तीमध्ये ५८ वटा तेह्रथुममा, ८ वटा संखुवासभामा र ३ वटा ताप्लेजुङ जिल्लामा रहेका छन् । संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन गत वर्ष सामुदायिक वन समूह सञ्जाल गठनको प्रयास भए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

Advertisement

–प्रकाश धौलाकोटी/रासस

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top