काठमाडौबाट अपहरित बालिकाको सकुशल उद्धार, अपहरणकारी फरार

विराटनगर, माघ ११
सरकारी अस्पताल प्रसुति गृहमा कार्यरत चिकित्सक बबिता साहको दुई वर्षीया छोरी सन्ध्या साह अपहरणमा परेको केही घन्टामा नै प्रहरीले सकुशल अपहरण मुक्त गरेको छ ।

शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्यालाई अज्ञात अपहरण्कारीले अपहरण गरी बेपत्ता बनाएको केही घन्टामा नै अपहरण महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

परिसरका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले सन्ध्याको अपहरण गरेको खुलेको जानकारी दिएको छ ।

त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई तिलगंगाको होटल गणेश लैजादै गर्दा पक्राउ गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।