ओडीआईमा पारस खड्काको पहिलो शतक

ओडीआईमा पारस खड्काको पहिलो शतक

एजेन्सी, माघ १५
पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पहिलो खेलाडी भएका छन्।

युएई बिरुद्ध एकदिवसीय सिरिज अन्तर्गत तेश्रो खेलमा शतक बनाउदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन्। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामिको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन्। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए।

नेपाली राष्ट्रिय टिमको लागि खेल्दै पारस खड्काले प्रहार गरेको यो चौथो शतक हो। ४ वटा शतक प्रहार गर्ने पारसनै नेपालको एक्लो खेलाडी हुन्।

पारसको शतकसंगै नेपालको लागि एकदिवसीय क्रिकेटमा बनेको शतक संख्या ११ पुगेको छ। लिस्ट ‘ए’ क्रिकेटमा पनि पारस खड्काको ३ वटा शतक पुरा भएको छ। अनिल मण्डल र पारस खड्का मात्रै नेपालको लागि लिस्ट ए क्रिकेटमा शतक बनाउने खेलाडी हुन्।(विकेट नेपालबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.