एक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

१९ पुस ७४, बिहीबार

साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ ।

Advertisement

आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै बढेको हो । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

बिहान-दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

Advertisement

‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ ।’ उनले भने, ‘तर हिजो आज आकाश प्रष्ट रुपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top