तयार भयो नेपालको भू–उपग्रह, अन्तरिक्षमा पठाउने तयारी

तयार भयो नेपालको भू–उपग्रह, अन्तरिक्षमा पठाउने तयारी

काठमाडौं : नेपालको पहिलो भू–उपग्रह तयार भएको छ। नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए। आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वजनिक गरिएको छ।,यो समाचार आजको कान्तिपुरमा छ ।

नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा रविन्द्र ढकालले जानकारी दिए। गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो।नेपाल र नास्टको लोगो अंकित स्टिकर टाँसिएको यो भू–उपग्रह सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको उपकुलपति श्रेष्ठले जानकारी दिए।

प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउने छ। उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेस स्टेसनमा(आईएसएस)मा रहने छन्।उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.