अदुवाको परिकारबाट मनग्य आम्दानीे

२१ पुस ७४, शुक्रबार
Share this
780shares

भोजपुर, पुस २१
लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले मनग्य आम्दानी लिइरहेका छन् ।

Advertisement

हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाको विभिन्न प्रकारको अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गरेका छन् । उनले अदुवा प्रशोधनबाट आफ्नो परिवार मात्रै पालेका छैनन्, गाउँका थुप्रैलाई रोजगारी समेत दिएका छन् ।

सामान्य तालीम लिएर विगत १२ वर्षदेखि सो पेशा अपनाएका राईले २०६६ सालमा ‘मीना विथ ज्योति उद्योग’ दर्ता गरी अदुवा प्रशोधन थाल्नुभएको हो । उहाँले अदुवाबाट अदुवा, क्यान्डी, डस्ट, पाउडर, सुठो र अचार बनाउने गर्छन् ।

Advertisement

अदुवाबाट विभिन्न परिकार बनाएर बेच्दै आएका राईको प्रशोधन केन्द्रमा मात्रै मासिक दुई क्विन्टल जति अदुवा खपत हुने गर्छ । “अहिले प्रशोधन केन्द्रमा दुई क्विन्टल अदुवा छ, यो सबै गाउँघरबाटै बटुलेको हुँ”, उनले भने ।

उहाँले वार्षिक पाँच लाख रुपैयाँ बराबरको अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब दुई लाख रुपैयाँ नाफा कमाउछन् । “व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले विषादीको प्रयोग गर्छन्”, उनी भन्छन् “त्यही भएर गाउँघरमा उत्पादन भएको अदुवा किन्छु ।”

Advertisement

यहाँ उत्पादित अचार धरान, इटहरी, भोजपुर सदरमुकाम तथा विभिन्न ठाउँको मेलामा बिक्रीका लागि पठाउने गरिएको छ । यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको उनी बताउँछन् ।

अकबरेबाट पनि अचारको परिकार बनाउने गरेका राईको मुख्य उद्यम भने अदुवाकै परिकार हो । उनलाई उन्नति परियोजनाले पनि आर्थिक सहयोग प्रदान गरेको छ । सो परियोजनाले अचार उत्पादन तथा बजारीकरण गर्न १३ लाख १२ हजार रुपैयाँ सहयोग गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top