बुढासुब्बा गोल्डकपको उपाधि दाउफिन्सलाई

बुढासुब्बा गोल्डकपको उपाधि दाउफिन्सलाई

धरान, फागुन ४
बुढासुब्बा गोल्डकपको उपाधि दाउफिन्स फुटबल क्लबले हात पारेको छ । शनिबार धरान रंगशालामा भएको  फाईनल खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै दाउफिन्सले २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।

फाइनलमा दाउफिन्सले धरानलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार जितेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.