वीरगन्ज,फागुन ८
नेपाली कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
बिरगंजको दियालो होटलको उद्घाटन गर्न जाने क्रममा सिमरा आएका देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो । नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए ।
सभापति देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन् । देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्व मन्त्री फरमुल्ला मन्सुर, पूर्व सभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।