नाै महिनादेखि बन्द मलेसिया रोजगार अझै अनिश्चित

नाै महिनादेखि बन्द मलेसिया रोजगार अझै अनिश्चित

काठमाडौँ : नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्र्क्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो ।, यो समाचार आजको अन्नपूर्ण दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.