जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएका डाक्टर भट्टराई यस्तो देखिए !

जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएका डाक्टर भट्टराई यस्तो देखिए !

रुकुम, फागुन ९
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किएका छन । डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार जाजरकोट गएका छन् ।

डाक्टर भट्टराई बुधबार चौरजहारीमा स्थानीय नेताको घरमै बसेका थिए । बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राखेका छन । साथै उनले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गरेका छन ।

उनले ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा,सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! भन्ने स्टाटस लेखेका छन । डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उनकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमीले ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’भन्ने स्टाटस लेखेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.