विराटनगरको शिक्षादीप कलेजले मनायो १० औँ वार्षिकोत्सव

विराटनगरको शिक्षादीप कलेजले मनायो १० औँ वार्षिकोत्सव

विराटनगर,फागुन ११
विराटनगर स्थित शिक्षादीप कलेजले आफ्नो १० औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।कलेजले शनिबार कलेज परिसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए भने कलेजले लिएको आन्तरीक तथा बोर्ड परिक्षामा उत्कृष्ट हुने र आन्तरिक तथा हिसान खेलकुदमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।

बार्षिकोत्सवका अवसरमा वर्षभरी उत्कृष्ट काम गरेको भन्दै कलेजका कर्मचारी प्रेम कुइकेल तथा शिक्षक भोला लुइटेललाई नगदसहित विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्रदेश १ का प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, राष्ट्रिय परिक्षा बोर्ड विराटनगरका प्रमुख दिर्घध्वज चापागाई, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका निर्देशकद्धय शंकर भट्टराई र बसन्त बस्नेत, कलेजका मुख्य निर्देशक रमेश मण्डल प्रिन्सिपल ज्ञानबहादुर खड्का लगायतले बोलका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.