×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चलचित्र ‘जानी नजानी’ को कलरफुल ट्रेलर रिलिज (भिडियो)

११ फाल्गुन २०७५

काठमाडौँ, फागुन ११
नेपाली चलचित्र म ‘जानी नजानी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ ।‘स्टाइलिस’ अभिनेता मनिष श्रेष्ठ स्टारर सो फिल्मको अफिसियल ट्रेलर शुक्रबार इन्टरनेट रिलिज गरिएको हो ।

पूर्ण व्यावसायिक बनाइएको ट्रेलर कलरफुल बनेको छ । मनिष र निरिशा बस्नेतको प्रेममा आउने उचारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा मेकिङ क्वालिटी पनि उच्च देखिएको छ ।

Advertisement

दर्जनौं फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका बसन्त अधिकारीले यस फिल्मको निर्देशन गरेका हुन् । उनले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताए । उनी ‘जानी नजानी’ प्रेमले भरिएको एक रमाइलो फिल्म बताउँछन् ।

ट्रेलरमा फिल्मका लिड कलाकारहरु मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटाका साथै प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय रहेको छ । यो फिल्म चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । यस फिल्मको अर्जुन पोखरेलले तयार पारेको ‘एउटीलाई मुटुमा घर’ बोलको गीत चर्चामा आएको छ ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top