×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बार्सिलोनाको नयाँ किर्तिमान

१६ फाल्गुन २०७५

एजेन्सी, फागुन १६
स्पेनिस बार्सिलोनाले नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रेमा नयाँ रेकर्ड कायम गरेको छ । सेमिफाइनलअन्तर्गत गत राति भएको खेलमा रियल मड्रिडलाई हराएर फाइनल पुग्दा बार्सिलोनाले नयाँ रेकर्ड रचेको हो ।

सर्वाधिक धेरै ३० पटक कोपाको उपाधि जितेको बार्सिलोनाले यस वर्षसँगै लगातार ६ पटक कोपाको फाइनल पुगेर रेकर्ड बनाएको हो । ऊ लगातार ६ वर्ष फाइनल पुग्ने एक्लो टिम हो ।
अहिलेसम्म लगातार ६ वर्ष कुनै पनि टोली कोपाको फाइनल पुगेका थिएनन् । तर, अब यो रेकर्ड बार्सिलोनाको नाममा रहेको छ ।

Advertisement
Advertisement

त्यत्ति मात्र हैन, बार्सिलोना लगातार पाँचौंपटक कोपाको उपाधि जित्ने अवसरसामुसमेत पुगेको छ । यसपटक पनि फाइनल पुगेको उसले फाइनलमा उपाधि जिते लगातार पाँचपटक उपाधि जित्ने रेकर्ड पनि उसले कायम गर्नेछ । गत राति भएको खेलामा बार्सिलोनाले आफ्नो खास प्रतिस्पर्धी रियल मड्रिडलाई उसकै घरमा ०–३ ले हराएको थियो । अघिल्लो लेग १–१ को बराबरीमा सकिएको थियो । दुवै लेगपछि बार्सिलोनाले समग्रमा ४–१ को जितसहित फाइनल प्रवेश गरेको हो ।

Advertisement

कोपाको उपाधि बार्सिलोनाले सर्वाधिक धेरै ३० पटक जितेको छ । त्यसपछि दोस्रो धेरै उपाधि जित्ने टिम एथ्लेटिक बिल्बाओ हो, उसले २३ पटक कोपा जितेको छ । तेस्रो टोली रियल मड्रिड हो, उसले १९ पटक यो उपाधि जितेको छ । बार्सिलोनालाई यसपटक पनि कोपाको प्रमुख उपाधि दाबेदार मानिएको छ । उसले अब फाइनलमा उपाधिका लागि आज राति हुने भ्यालेन्सिया र रियल बेटिसबीचको विजेता टोलीसँग भिड्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top