काठमाडौं, फागुन २४
सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलाएको हो । सशस्त्र प्रहरी बलले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी, जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ गरी जम्मा ३ हजार २ सय ९७ जना जवान माग गरिएको छ । योग्यता पुगको इच्छुक नेपाली नागरिकले आजका मितिदेखि चैत २५ गतेभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।



