दशनामी समाजको राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

२ चैत ७५, आइतबार

विराटनगर, चैत २
नेपाल दशनामी समाजको ५ औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको १ नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्घाटन गरे । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने समाजका केन्द्रीय सदस्य डिल्लीराम गिरीले जानकारी गराए ।

दशनामी समाजभित्र गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तीर्थ जाति पर्दछन् । महाधिवेशनलाई सम्बोधन गर्दै तुम्बाहाङले मुलुकको आर्थिक समृद्धिमा सबै समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालमा विविधताभित्र एकता भएकै कारण विश्वमा चिनिएको बताए । उनले संविधान कार्यान्वयनमा सहयोग पु¥याउन समाजलाई आग्रह समेत गरे ।

कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, वरिष्ठ सल्लाहकार महेश्वर भारती, वरिष्ठ उपाध्यक्ष विदुर भारती, महासचिव रुद्र गिरी, युवा समूहका अध्यक्ष अशोक गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । महाधिवेशनसमा सहभागी हुन देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ७ सयभन्दा बढी दशनामी समुदायका व्यक्तिहरू भेला भएका छन् ।

Advertisement

समाजले ६६ जिल्लामा संगठन विस्तार गरिसकेको अध्यक्ष रञ्जनकुमार गिरीले जनाए । महाधिवेशनले ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नेपालको जनगणना २०६८ अनुसार दशनामी समुदायको जनसंख्या २ लाख २७ हजार ९२२ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top